यी हुन् श्रीमती र भदैनीलाई पीए राखेर पैसा खाने काग्रेसका सांसद


 


गाईघाट । नेपाली काग्रेसका पूर्व जिल्ला सभापती तथा उदयपुरका प्रदेश सांसद हिमाल कार्कीले श्रीमतीलाई नै पीए राखेर तलब लिने गरेको रहस्य खुलेको छ ।
उदयपुर क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभामा निर्वाचित सांसदले श्रीमती नतासा राणालाई पीए देखाएर तलब लिने गरेका हुन । नयाँ पत्रिका दैनिकले सार्वजनिक गरेको सूचीमा सांसद कार्कीले श्रीमती र काग्रेसकै अर्का सांसद संन्जा कुमारी दनुवारले भदैनीलाई पीए राखेको उल्लेख छ । सांसद दनुवारले आफ्नी भदैनी ज्ञानी दनुवारलाई पीए राखेकी हुन ।

यता पीए राख्ने कुरामा नेकपमाका सांसदहरु भने जोगिएका छन । नेकपाका सांसद विमल कार्कीले सागर नेपाल, कला घलेले संन्जीव कार्की, नारायण बहादुर बुर्जाले भुवन मगर र अम्बिका थापाले शम्भु प्रसाद सर्मालाई स्वकीय सचिव राखेका छन । श्रीमती, छोरा छोरी तथा आफन्तलाई स्वकीय सचिव राख्नु नै भ्रष्टचार भएको सूशासनको क्षेत्रमा लामो समय काम गरेका युवा विकास बन्जराले बताए ।

प्रकाशित मिति: २२ पुस २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्