नांगै सुत्नुका यस्ता छन् फाइदा


 


मानव जीवनमा सुताई पनि एउटा महत्वपूर्ण पाटो हो । कसरी सुतिन्छ भन्ने कुराले पनि मानव जीवन कति सुखी छ भन्ने थाहा हुन्छ ।सामान्यतय मानिसहरु आफ्नो सुताइबारे धेरै सोच्दैनन् ।

तर, ‘बेड–लाईफ’ ले पनि कतिपय अवस्थामा सिंगो जीवनशैलीलाई धेरै सहयोग गरिरहेको पश्चिमा केही वैज्ञानिकहरु बताउँछन् । केही वैज्ञानिक र मनोविज्ञहरुका अनुसार नांगै सुत्नुका मुख्य फाइदाहरु यस्ता छन् :

nangei
१. हाइजेनिक हुन्छ :

राती सुत्ने बेला पेन्ट वा अरु कपडा लगाएर सुत्दा शरिरमा विभिन्न ब्याक्टेरिया प्रवेश गर्नसक्छ । त्यसैले पनि नांगै सुत्नु हाइजेनिक मानिन्छ । जसले गर्दा शरिरमा राति गर्मी हुनसक्ने भएकाले पनि वैज्ञानिकहरु नांगै सुत्नुलाई हाइजेनिक मान्छन् ।

२. राती सहज रुपमा सुत्न सकिन्छ : 
तपाईँ सुत्ने बेलामा शरिरको तापक्रम पनि कम हुनु आवस्यक हुन्छ । हामी गहिरो निन्द्रामा हुँदा शरिरको तापक्रम पनि तुलनात्मक रुपमा कम हुनुपर्छ । तर, कपडासहित सुत्दा शरिरमा तापक्रम बढ्नसक्छ । यसरी, शरिरको तापक्रम सन्तुलन बनाउनका लागि पनि नांगै सुत्नु आवस्यक छ ।

३. सेक्स डिजायर बढाउँछ : 
छाला छोएर सुत्दा स्वभाविक रुपमा शरिरमा हर्मोनको मात्रा बढ्छ । जस्तै, अक्सिटोकिन जस्तो हार्मोनको मात्रा बढ्छ । र यसले शरिरमा सेक्सको डिजायर पनि बढाउँछ । यसरी, एक्लै वा जोडी सुत्दा पनि छाला छोइँदा त्यसले शारिरिक आवस्यकता पनि बढाउँछ ।

४. अद्धित्तिय स्वतन्त्रता मिल्छ :
नांगै सुत्दा साँच्चिकै स्वतन्त्रता मिल्छ । यत्तिको स्वतन्त्रताको अनुभुति सायदै अरु गतिविधिबाट मिल्ला । यसले संवेदनशीलता पनि अन्य अवस्थामा भन्दा बढी हुन्छ ।

५. शरिरको तौल घटाउन मद्धत गर्छ : 
मोटो हुने मानिसहरु शरिरको तौल घटाउन धेरै कोसिस गर्छन् । तर, नांगै सुत्नाले पनि शरिरको तौल घट्छ । शरिरको तौल घटाउने यो पनि एउटा राम्रो तरिका हो ।
एजेन्सी

प्रकाशित मिति: १३ कार्तिक २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्