कपडा उद्योगमा आगलागी, ६० लाख बढीको क्षति


 


विराटनगर, पुस २३

विराटनगर महानगरपालिका – ४ इक्राहीस्थित एक कपडा उद्योगमा आज आगलागी हुँदा रु ६० लाख बढीको क्षति भएको छ । दिपनारायण चौधरीले संचालन गरेको भाग्य फेसन गार्मेन्ट उद्योगमा विद्युत सर्ट भएर आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता घनश्याम श्रेष्ठका अनुसार आगलागीमा परेर उद्योग संचालन गरिएको घर, १७ वटा कपडा सिलाउने मेसिन, कटिङ मेसिन, तयारी कपडा, थान कपडा, कपडा बनाउन प्रयोग गरिने कच्चा पदार्थ, जेनेरेटर, फ्रिज, पंखा, इन्भटर, कम्प्युटर, टिभी, फर्निचरका सामानहरु जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको हो ।

प्रहरीका अनुसार आगलागीमा को १२ प ६३८३ नम्बरको मोटरसाइकल पनि जलेको छ । दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा लिईएको थियो ।

प्रकाशित मिति: २३ पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्