पथरीशनिश्चरे ६ मा बिद्यार्थीलाई स्विटर वितरण


 


पथरीशनिश्चरे, पुस २४

नीजि तथा आवासिय विद्यालय संगठन प्याब्सन नगर समितिले मोरङको पथरीशनिश्चरे – ६ स्थित दलित वालवालिका वाहुल्य रहेको सामुदायिक विद्यालयका विद्यार्थीका लागि स्विटर वितरण गरेको छ ।

२९ औं प्याब्सन् दिवशका अवसरमा आज स्थानीय शिक्षा सदन आधारभूत विद्यालयका सवै ८४ जना विद्यार्थीलाई ३० हजार मुल्य बराबरको जाडोका लागि स्वेटर वितरण गरिएको हो ।

कार्यक्रममा, वडाध्यक्ष जयबहादुर तामाङ, प्याब्सनका अगुवाहरु नोवलकिशोर खनाल, टीकाप्रसाद दंगाल, उपेन्द्र कँडेल, नगर शिक्षा शाखाका अधिकृत दुर्गाप्रसाद सिग्देल, समाजसेवी वद्री निरौला, विद्यालयका अध्यक्ष इन्द्रबहादुर कार्की, प्रधानाध्यापक अर्जुन कार्की सहितले स्वेटर वितरण गर्नुभयो ।

नीजि विद्यालयको संगठन भएर पनि समस्यामा परेको गरिव वस्तीका सामुदायिक विद्यालयका विद्यार्थीमाथि पुर्याइएको सहयोगप्रति स्थानीयले प्रसंसा गरेका छन् । त्यहाँ ऋषिदेव र सन्थाल समुदायका ९५ प्रतिशत र अन्य समुदायका ५ प्रतिशत मात्र विद्यार्थी अध्ययन गर्दछन् ।

प्रकाशित मिति: २४ पुस २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्