छाउपडी प्रथा मान्नेको गाउँपालिकाबाट पाउने सुविधा कटौती गरिदै



अमरगढी । डडेल्धुराको भागेश्वर गाउँपालिकाले गाउँसभाबाट ‘मर्यादित छाउपडी वर्ष २०७५’ घोषणा गरेको छ । छाउपडी प्रथाको अन्त्यका लागि ‘मर्यादित छुई वर्ष अभियान’ थालिएको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताउनुभयो ।

देउता रिसाउने डरले छाउपडी भएका महिला घरभन्दा बाहिर छाउगोठमा बस्ने र छाउपडी भएका बेला दूध, दही, घ्यूलगायत खानेकुरा खाए देवी रिसाउनेजस्ता कुरीति हटाउन चेतनामूलक अभियान थालिएको उहाँको भनाइ छ ।

“अभिभावकले छाउपडी भएका बेला विद्यालय जानबाट बञ्चित गरिएको भेटिएमा वा छाउपडी भएका महिलालाई छाउगोठमा राखिएको पाइएमा गाउँपालिकाबाट पाउने सेवासुविधा कटौती गर्ने निर्णय गरेका छौँ,” उहाँले भन्नुभयो । सो निर्णय हालैको गाउँसभाबाट पारित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News