निर्वाचनमा विपक्षीलाई भोट दिएको भन्दै श्रीमानकैं अगाडि श्रीमतीको सामुहिक बलात्कार !


 


काठमाडौं । बंगलादेशमा हालैं सम्पन्न निर्वाचनमा प्रधानमन्त्री शेख हसीनाको पार्टीले राम्रो मत पाउँन सफल भएको थियो । यो विचमा बंगलादेशबाट नैं एउटा दुःखद खबर बाहिर आएको छ । सामूहिक बलात्कारको आशंकामा बंगलादेशको एक अदालतले सत्ताधारी आवामी लीग पार्टीको स्थानीय नेतासहित सातजनालाई हिरासतमा लिन आदेश दिएको बीबीसीले जनाएको छ । स्थानीय सञ्चारमाध्यममा बताइए अनुसार त्यतिबेला ती महिलाले आवामी लिगका पूर्व स्थानीय नेता राहुल अमिनसँग रिसाएर प्रतिक्रिया दिएकी थिइन् ।

पीडित महिलाले गएको हप्ता भएको चुनावमा विपक्षी दललाई भोट दिएको भन्दै उनीहरुले सामूहिक बलात्कार गरेको आरोप लगाएकी छिन् । उनले गएको चुनावमा बंगलादेश नेश्नलिष्ट पार्टीलाई भोट दिएकी थिइन् । चार सन्तानकी आमासमेत रहेकी ती महिलामाथि चुनावको रातमा नै बलात्कार भएको थियो । घटनाको चौतर्फी चर्को विरोध भइरहेको छ । घटनापछि बलात्कारको आरोप लागेको ती नेतालाई पार्टीबाट निष्कासन गरिएको अवामी लिगले जनाएको छ ।

पीडित महिलाको श्रीमानले गएको हप्ता दिएको उजुरीमा भनेका छन्, केही मानिसहरु आधा रातमा नओखली जिल्लामा रहेको उनको घरमा जबरजस्ती प्रवेश गरेका थिए । उनीहरुले उनका साथै चार बच्चालाई बाँधेर उनकी पत्नीमाथि बलात्कार गरेका थिए । उनीहरु गैसकेपछि छिमेकीले ३५ वर्षीय ती पीडित महिलालाई अस्पताल लगेका थिए । प्राप्त जानकारी अनुसार चुनावका दिन ती महिला भोट दिन गएको बेलामा ती पुरुषहरुले उनलाई विपक्षी दलका उम्मेदवारलाई भोट दिन भनेका थिए ।

प्रकाशित मिति: २५ पुस २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्