आबुधाबीमा १५० नेपाली बिचल्लीमा


 


काठमाडौं, पुस २७

संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीमा डेढसय नेपाली ७ महिनादेखि बिचल्लीमा छन् । अल वासिता इमिरेट्स फर सर्भिस एन्ड क्याटरिङमा कार्यरत उनीहरु कम्पनीले नयाँ ठेक्का नपाएपछि कामविहीन भएका हुन् ।

यो कम्पनीमा नेपाली, भारतीय, बंगाली र श्रीलंकाली गरी झण्डै एक हजार श्रमिक छन् । कम्पनीले काम नभएकाले बाँकी तलब दिन नसकेको जनाएको छ । भिसा नविकरण र टिकट खर्च दिन पनि असमर्थता जनाउँदै कम्पनीले श्रमिकलाई आफ्नो व्यवस्था आफैं गर्न भनेको छ । श्रमिकले ७ महिनादेखिको तलब पाउन बाँकी छ । –कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: २७ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्