नेकपा नेता अधिकारी अस्वस्थ, मेडिसिटी अस्पतालमा भर्ना



काठमाडौँ : पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारी अस्पताल भर्ना भएका छन् । छातीमा सङ्क्रमण देखिएपछि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा गत सोमबार भर्ना गरिएको उनका स्वकीय सचिव महेन्द्र विष्टले जानकारी दिए ।

चिसोले गर्दा अधिकारीको छातीमा संक्रमण भएको उनले बताए । पूर्व अर्थमन्त्रीसमेत रहेका अधिकारीलाई शुक्रबारदेखि स्वास्थ्यमा सुधार आएपछि सामान्य बेडमा सारिएको छ ।

८३ वर्षीय अधिकारीलाई विगत एक वर्षदेखि स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी अस्पतालमा पटकपटक उपचार भइ रहेको छ ।
उनको उपचारमा डा राजेन्द्र रिजालको समूहले स्वास्थ्य उपचार गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
कार्यकारी सम्पादक :सुमन घिमिरे
           
facebook
© 2019 Deshko News