अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७२ साल कात्तिक २० गते शुक्रबार। इश्वी सन् २०१५ नोभेम्बर ६ तारिख। नेपाल संवत् ११३५ कौला गा। कार्तिक कृष्णपक्ष। तिथि– दशमी, १२:३९ बजेउप्रान्त एकादशी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बौद्धिक कार्यबाट धनलाभ हुनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। सन्तानका माध्यमबाट काम बन्ने देखिन्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्न सक्छ। महत्वाकांक्षी योजना सार्वजनिक गर्न केही समय पर्खनुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मातृधन, पशुधन र जमिनबाट पनि लाभ हुने समय छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

अनुकूल समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि–चौपायामा केही समस्या देखिए पनि रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्। व्यावसायिक काममा अवरोध आउने देखिन्छ। खर्चको मात्रा बढ्ने र आर्थिक अभावले सताउने योग छ। बोलीको गलत अर्थ लाग्ने वा अभिव्यक्तिबाट विवाद उत्पन्न हुने सम्भावना छ, मान–सम्मानमा आघात पुग्न सक्छ, सचेत रहनुहोला। बौद्धिक कार्य तथा विगतमा गरिएको श्रमबाट भने राम्रै लाभ हुने समय छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

फाइदाका पछि लाग्दा छर–छिमेकमा भने असमझदारी बढ्न सक्छ। काममा लगानीको समय छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। प्रयत्न गर्दा वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बनिसकेको काम बिग्रन सक्छ, सचेत रहनुहोला। होसियारीसाथ काम लिनुपर्ने समय छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

नयाँ जिम्मेवारी पाइनुका साथै व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुने समय छ। आँटेका काममा धेरैले सहयोग जुटाउनेछन्। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ। कीर्तिमानी काम सम्पादन होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आँटेको काम समयमा गर्न नसकिएला। अरूका काममा समय बित्न सक्छ। तापनि, प्रयत्न गर्दा केही काम बन्नेछन्। सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन्। व्यावसायमा खर्च बढ्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। आस मारेको कामले उत्साह जगाउनेछ। तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुने देखिन्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

अलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस्। तापनि, दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। सवारी साधन उपयोग गर्दा भने अलि सावधानी अपनाउनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।

प्रकाशित मिति: २० कार्तिक २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्