मन्त्रीले किन कुटे सचिव झालाई ? पत्रकारसँग यसरी रोए (भिडियो सहित



जनकपुर, पुस २९ प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले उद्योग पर्यटन तथा वन मन्त्रालयका सचिवलाई झापड हानेका छन् । आफुले भनेको गैरसरकारी संस्थालाई कार्यक्रम नपारेको भन्दै प्रदेश नम्बर २ का मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर आफुलाई थप्पड हानेको उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झाले आरोप लगाएका छन् ।

आईतबार दिउँसो ३ बजे अर्थमन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर गरिबी निवारण कोषको कार्यक्रम आफुले भनेको गैरसरकारी संस्थालाई नदिएको आरोपमा आफुलाई कुटपिट गरेको गुनासो पोखे । तर मन्त्री यादवले भने आफुले कसैलाई नकुटेको बरु उल्टै आफुलाई दुव्र्यवहार गरेको आरोप लगाए । कुटाई खाएका सचिव झाको गाला भने सुन्निएको देखिन्छ । यता थप्पड खाएका सचिव झालाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले नियन्त्रणमा लिएको छ ।

सचिव झालाई थप्पड हानेको समयमा प्रदेश २ का सभामुख सरोजकुमार यादव समेत सोही ठाउँमा उपस्थित थिए । मन्त्री यादव संघीय समाजवादी फोरम नेपालबाट प्रदेश २ सरकारमा मन्त्री भएका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा बजेटको पुनरावलोकनको काम चलिरहेको समयमा मन्त्रालयको अन्तिम बजेट ड्राफट पठाउने विषयमा विवाद हुँदा मन्त्री र सचिवबीच कुटाकुट भएको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयमा बजेटको अन्तिम ड्राफट पठाउने विषयमा मन्त्री यादवले पटक–पटक ताकेता गरेपनि समयमै ड्राफट नपाठएका कारण भनाभन हुँदा कुटपिट भएको श्रोतको दाबी छ । मन्त्री विजय यादवमाथि वन मन्त्रालयका सचिव विद्यानाथ झाले आक्रमण गर्ने प्रयासको क्रममा कुटपिट भएको श्रोतको दाबी छ ।

उता, मन्त्री यादवले सचिव झाले आफुमाथि दुव्र्यवहार गरेको आरोप लगाएका छन् । मन्त्रालयका सचिव झाले मन्त्री यादवलाई मन्त्रालय भेट्न जाँदा शिष्टाचार विपरित व्यवहार प्रर्दशन गरेपछि मन्त्री यादवले आपत्ति जनाएका थिए । आपत्ति जनाएलगत्तै सचिव झा मन्त्रीमाथि जाई लाग्ने प्रयास गरेको मन्त्री यादवले खुलासा गरे ।

प्रकाशित मिति: २९ पुस २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्