वरिष्ठ संगीतकार अम्बर गुरुङलाई मासिक ३० हजार दिइने


 


amber gurungकाठमाडौं, कार्तिक २३

मन्त्रीपरिषद् बैठकले राष्ट्रिय गानमा संगीत प्रदान गरेका वरिष्ठ संगीतकार अम्बर गुरुङलाई मासिक ३० हजार रुपैयाका दलरले आजीवन सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । दार्जलिङमा जन्मेर आजीन नेपालको गीत संगीतमा जीवनभर योगदान गरेका वरिष्ठ संगीतकार गुरुङ अस्वस्थ भई घरमै आराम गरिरहेका छन् ।

पञ्चायतको सुरुवाती कालतिर ‘नौ लाख तारा उदाए’ भन्ने गीत गाएपछि अलइण्डिया रेडिायोले भारतमा प्रतिबन्ध लगाएका गुरुङले जीवनभर नेपाली संगीतको साधनामा विताएका छन् । उनका समकालीन गोपाल योञ्जन, माष्टर रत्नदास प्रकाश, नातिकाजी सबैको निधन भइसकेको छ ।

९ दशक उमेर पुग्नै लागेका गुरुङले गाएका र संगीत दिएका गीत राष्ट्रियताले ओतप्रोत छन् । जनआन्दोलनको सफलतापछि बनेको राष्ट्रियगानमा उनले नै संगीत दिएका थिए ।  सरकारले यसअघि नै राष्ट्रियगानका रचयिता ब्याकुल माइलालाई मासिक २५ हजार रुपैया दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति: २३ कार्तिक २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्