ओली सरकारले सुत्केरीको ज्यान बचाउन एयर एम्बुलेन्स सेवा, कर्णालीमा मात्रै १४ सुत्केरीको उद्धार


 


सुर्खेत । नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएपछि सुत्नेकरीको ज्यान बचाउनका निम्ति एयर एम्बुलेन्स सेवा सुरू भएको छ । यसको प्रभावकारीता कर्णाली प्रदेशमा देखिएको छ ।

कर्णालीमा मातृ मत्युदर बढ्दै जान थालेपछि संघीय सरकारको नीति अनुसार कर्णाली प्रदेश सरकारले हेलिकप्टर चार्टर गरेर सुत्केरीलाई स्वास्थ्य संस्थामा पु¥याउन थालेको छ । भौगोलिक विकटता र सडक पहुँचको अभावमा सुत्केरीलाई स्वास्थ्य संस्थामा लैजान समस्या हुँदा सुत्केरीको ज्यान जान थालेपछि कर्णाली सरकारले उक्त अभियान चलाएको हो । प्रसूतिका जटिल खालका समस्या भएका र स्थानीयस्तरमा उपचार असम्भव भएको अवस्थामा हेलिकप्टरमार्फत अस्पताल लैजाने गरिएको छ ।

कर्णाली सरकारले गत वर्ष फागुनयता १४ सुत्केरीलाई हेलिकप्टर चार्टर गरी अस्पताल पु¥याएको सामाजिक विकासमन्त्री दलबहादुर रावलले बताए । “कर्णालीमा सुत्केरीको ज्यान जोगाउन अभियान चलाएका हाँै” उनले भने, “अब यहाँका बर्थिङ सेन्टरलाई सुविधा सम्पन्न गराउन पहल गर्दैछौँ ।” पाठेघर खस्ने महिलाका लागिसमेत विशेष अभियान चलाउँदै आएको मन्त्री रावलले बताउनुभयो । कर्णालीका १० जिल्लामध्ये सुर्खेतबाहेकका जिल्लामा हेलिकप्टर चार्टर गरेर सुत्केरीलाई अस्पतालमा पु¥याउन थालिएको छ ।

प्रकाशित मिति: १ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्