उर्लाबारीमा मनाईयो लिम्बु समुदायको कक्फेक्वा तङनाम


 


उर्लाबारी, माघ १

लिम्बु समुदायको दोस्रो ठूलो चाड कक्फेक्वा तङनाम आज मोरङको उर्लाबारीमा पनि मनाईएको छ । उर्लाबारी–७ स्कुलडाँडास्थित राधिका माध्यमिक विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा विहान पाठपुजा गरी वन तरुलको टिका लगाई तरुल, मासु र फलफुल सेवन गरेर सद्भावपूर्ण र हार्दिकताका साथ मनाईएको थियो ।

उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लिम्बु सँस्कृतिसँग सम्बन्धित धान नाच र च्याब्रुङ नाच नाचेर कक्फेक्वा मनाईएको चुम्लुङका नगर अध्यक्ष चन्द्रबहादुर लिम्बुले जानकारी दिनुभयो ।

कार्यक्रममा उर्लाबारीको टप्पु र कुलझोडाका कलाकारहरुले गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: १ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्