फर्किए कृश्चियनहरु हिन्दू धर्ममा , हिन्दु जागरण नेपालले गर्यो स्वागत


 


चक्रपाणी डुम्रे ,बुटबल । पछिल्लो समयमा नेपालमा धर्म परिवर्तन गर्ने र गराउने गिरोह बढ्दै गर्दा रूपन्देहीको शुद्धोधन गाउँपालिका २ फर्साटिकट बस्ने हिमाङ सिंङ् दर्जी केहि समय धर्म परिवर्तन गरि क्रिश्चियन धर्ममा लागे पनि पनि पछि आफ्नै धर्म मुल हिन्दु धर्ममा फर्किएका छन ।

उनि सगै उनको नेतृत्वमा करिब दर्जन को संख्यामा हिन्दु धर्ममा फर्केका हुन् । विभिन्न प्रलोभन देखाएर आफुहरूलाई भावनामा बगाएर धर्म परिवर्तन गर्न जवरजस्ती गराइएको दर्जीले बताए ।

“आफ्ना पितृपुर्खाहरुले मान्दै आएका देवी देवताहरुलाई सैतान तथा काजकिरिया गर्ने हिन्दु परम्पराको बिरोध गरेको देख्दा आफ्ना पितृपुर्खाको अपमान भएको भन्दै अपमान सहन नसकेर पुन: हिन्दु धर्ममा फर्किन ईच्छा जागो” दर्जीले थपे ।

उनीहरुलाई एक कार्यक्रमका बिच हिन्दू जागरण नेपाल रुपन्देहीले स्वागत गरेको हो । चरीले भुलबस आफ्नो गुड बिर्सिएर दिनभर गुडबाहिर हराएर साँझ पुन: आफ्नो घर फर्किएको भन्दै “हिन्दू जागरण नेपाल”की केन्द्रीय महिला उपाध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्ष उमा ढकालले श्रीमद्भगवतगितासहित अविर र खादा ओढाएर स्वागत गरे । वासुदेव भण्डारीको अध्यक्षता , उमा ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको संचालन नारायणप्रसाद कोइरालाले गरेका थिए ।

यसैबिच सोही अवसरमा गुरुप्रसाद शर्माको नेतृत्वमा १३ सदस्यीय “हिन्दू जागरण नेपाल” शुद्धोधन गाउँपालिमा समिति गठन गरिएको छ । उक्त समितिलाई उक्त सस्थाको संगठन बिभाग प्रमुख हरिशरण पाण्डेले सपथ ग्रहण गराएका थिए ।

प्रकाशित मिति: १ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्