राष्ट्रिय निकुञ्जमा बाघ हान्नेलाई छुटाउन कांग्रेसका सांसद गगन थापाको चर्को दबाब


 


बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघलाई घाइते बनाएर मार्न खोजेको अभियोगमा पक्राउ परेका दीपक खड्कालाई छुटाउन कांग्रेसका सांसद गगन थापाले निकुञ्जका कर्मचारीलाई दबाब दिएको खबर बाहिर आएको छ ।

२०७५ पुस २७ गते शुक्रबार विहान साँढे नौ बजे कोहपुरबाट कर्णाली चिसापानी जानेक्रममा बाँकेका क्रसर उद्योगी समेत रहेका कांग्रेस कार्यकर्ता दीपक खड्काले चलाएको बा ८ च ३९१८ नम्बरको पिकअप जिपले चिसापानी पोष्ट नजिक बाघलाई ठक्कर दिएको थियो । जिपमा दीपक एक्लै रहेको बताइन्छ । जिपको ठक्करबाट बाघको अवस्था गंभीर रहेको बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन अणराज बरालले बताएका छन् । कुनैपनि अवस्थामा बाघलाई हान्न, मानर्, लखेटन र घाइते बनाउन नपाइने कानूनी व्यवस्था छ ।

बाघ नै मर्ने गरी खड्काले कस्तो गतिमा गाडी चलाएका रहेछन् भन्ने प्रश्न पनि उब्जिएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका सेनाका अधिकारीहरसंग राम्रो सम्बन्ध बनाएका ढुङ्गा बालुवाका व्यवसायी खड्कालाई निकुञ्जमा गाडी चलाउदा चेकजाँच तथा टाइम कार्ड बोक्नु नपर्ने सुविधा रहेको स्रोतले बतायो ।

घटनाका दिन पनि खड्काले टाइम कार्ड नलिएको बताइएको छ । निकुञ्जमा २० देखि ३० किलोमिटरको प्रतिघण्टाको गतिमा सवारी साधन चलाउनु पर्ने नियम छ । खड्काले अत्याघिक गतिमा गाडी चलाएका कारण बाघ ठोक्किन गई मरणासन्न हुने गरी घाइते भएको निकुञ्ज स्रोतको भनाई छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको वार्डेन बरालले बताए । उनले भने ‘‘घटना जानीजानी हो वा दुर्घटना हो अनुसन्धान पछि मात्र थाहा हुनेछ ।’’ खड्कालाई राष्ट्रिय निकुञ्जले हिरासतमा राखेर अनुसन्धान थालेको छ । तर, कांग्रेस नेता गगन थापा निकुञ्ज कर्मचारीलाई लगातार दबाब दिइरहेको निकुञ्ज स्रोतले बतायो । नक्कली ड्राइभर तयार गरेर खड्कालाई छुटाउने तयारी पनि भइरहेको स्रोतको दाबी छ ।

दीपकको बाँके जिल्लाको बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको महादेवीपुरीमा क्रसर उद्योग छ । नवलपरासी घर भई बाँकेमा व्यवसाय गर्ने दीपक कांग्रेस नेता गगन थापाका हितैषी रहेको स्रँेत बताउछ । (साँघु साप्ताहिक, पुस ३०) साँघु न्युज डटकमबाट

प्रकाशित मिति: २ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्