अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७२ साल कात्तिक २६ गते बिहीबार। इश्वी सन् २०१५ नोभेम्बर १२ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३६ कछला थ्व। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला। आजको प्रयत्न निष्फल जस्तै हुनेछ। काम बिग्रने भयले सताउन सक्छ। लगानी र श्रमको उचित मूल्य उठाउन मुस्किलै पर्नेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

व्यापार–व्यवसायमा विशेष लाभ हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। शत्रुहरू किनारा लाग्नेछन्। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। समयको गतिलाई पछ्याउन नसक्दा अलि पछि परिएला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। असावधानीले पछि परिने समय रहेको छ। संगत र खानपानमा अलि सजग रहँदा राम्रो हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

सहयोगीहरूले राम्रो साथ दिनेछन्। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। विभिन्न उपहार प्राप्त हुने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

केही चुनौती देखिए पनि बिस्तारै फाइदा हुने समय छ। बोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा आघात पुग्न सक्छ। विचार व्यक्त गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। विगतमै सम्पादित कामबाट धन लाभ हुन सक्छ। पठन–पाठनमा बिस्तारै प्रगति हुनेछ। समयको महत्वलाई ख्याल नगर्ने बानीले अवसर फुत्कन सक्छ, सजग रहनुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम सम्पादन हुनेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। अध्ययनमा सफलता पाउन अलि मेहनत गर्नुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। उपलब्धि उठाउन मुस्किल पर्नेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ। पढाइमा त्यति समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने मौका छ। व्यापारमा सामान्य फाइदै हुनेछ। श्रमको उचित मूल्यांंकन हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। तापनि तत्काल ठूलो फाइदा भने उठाउन नसकिएला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

प्रयत्न गर्दा विभिन्न अवसरले पछ्याउनेछन्। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि तथा पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। मातापिताको सहयोग प्राप्त होला। कीर्तिमानी काम सम्पादन हुन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। तर केही बाध्यतापूर्ण काममा समय बित्नेछ। सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला।

प्रकाशित मिति: २६ कार्तिक २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्