पायल्स लाग्न नदिन र लागेपनि केही दिनमा नैं चैंट पार्न यस्तो गर्नुहोस् !


 


काठमाडौं । घ्यू कुमारीलाई आयुर्वेदमा संजिवनी मानिन्छ । छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउँ भर्ने समेतको कार्य यसबाट हुने गर्दछ । यसमा मानव शरिरलाई अत्यावश्यक पर्ने भिटामिन ए र सी रहने भएकाले यस्ले मानव स्वास्थ्यमा निकै नै फाइदा पुर्याउने गर्दछ ।

घ्यु कुमारीको गुदी पाइल्स रोगीका लागि निकै नै उपयोगी हुन्छ। पाइल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ। त्यसैले विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ। बदामको तेल अर्थात् बदाम रोगन पनि लगाउन सकिन्छ। एक दिनमा ३(४ पटक मलद्वारमा बदामको शुद्ध तेल लगाए आराम मिल्छ।

काँचो केरा उसिनेर बिहान-बेलुका खाँदा पनि पाइल्स रोगीकालागि निकै फाइदाजनक हुन्छ । पाइल्स का रोगीले तारेको-भुटेको तथा रेशारहित खाना खानु हुँदैन। कब्जियत हुन नदिन रेसायुक्त ९फाइबर० खाना प्रशस्त खानुपर्छ। अलिभको तेल लगाउँदा पनि आराम प्राप्त हुन्छ । मूलाको रस बिहान बेलुका खाँदा पाइल्सका रोगीलाई फाइदा हुन्छ । आँपको कोयाको गुदीको चूर्ण महसँग मिसाएर खान सकिन्छ।

पायल्स भएको कसरी थाहा पाउनेः दिसा गर्दा समस्या हुनु नै यसको खास लक्षण हो । मलाशयमा भारीपन हुने, दिसा खलास नहुने, दुख्ने जस्ता सुरुवाती लक्षण हुन् । जति जति रोग बढ्दै जान्छ, उत्तिनै दुखाई बढी हुन्छ । गुद्वारमा मासुको डल्ला निस्कने, त्यसमा चिलाउने हुन्छ ।

किन हुन्छः कब्जियत नै यसको मुल कारण हो । जब कब्जियत हुन्छ, दिसा गर्दा बल पर्छ । त्यही बलले गुद्वार भित्रका रक्तशिरालाई तन्काइ दिन्छ । यो क्रमस फैलन थाल्छ र गिर्खा बन्न थाल्छ । त्यसैले यसबाट बच्नका लागि कब्जियतको समस्या आउन दिन हुँदैन ।

कब्जियत आउन नदिनका लागि खानपानमा सर्तकता अपनाउनु पर्छ । किनभने अपच हुने खानेकुराहरु, जस्तो कि मैदाबाट बनेका, प्याकेटमा राखिएका, तारेका, भुटेका, जंक फूड, मसलेदार, मासुजन्य खानेकुरा कब्जियतको कारण बन्छ ।

यस्तो अस्वस्थ्यकर खानेकुरा खाने तर, पर्याप्त पानी नपिउने, व्यायाम नगर्ने, फाइबरयुक्त खानेकुरा, फलफूल सेवन नगर्ने बानीले कब्जियत निम्त्याउँछ । कब्जियतले पायल्स ।

अनियमित खानपान पनि यसको कारण हुनसक्छ । जस्तो कि भोक लागेको बेला नखाने, राती अबेर खाने, आवश्यक्ताभन्दा बढी खाने बानीले कब्जियत रोग पैदा गर्छ । त्यस्तै, दिसा रोक्ने बानी अर्को कारण हो ।

दिसाको वेगलाई रोक्ने बानीले कब्जियतको समस्या ल्याउँछ । गहु्रंगो भारी उचाल्ने, पेटको समस्या भएका, गर्भवती र गर्भपात गर्नेहरु, मोटोपन भएका, गुदा मैथुन गर्नेहरुमा यो समस्या देखापर्न सक्छ ।

के गर्ने तः सुरुमा त रोग लाग्न नदिनु नै उत्तम हो, जसका लागि खानपान र जीवनशैली बदल्नुपर्छ । स्वस्थ्य खानपान र जीवनशैलीले यस्तो समस्या आउँदैन । पायल्सको समस्या छ भने चाहि त्यसको प्रकृति अर्थात श्रेणी अनुसार उपचार विधी अपनाउनु पर्छ । सामन्य स्थितीमा खानपान, जीवनशैली, व्यायाम आदिबाट यसको निदान खोज्न सकिन्छ ।

योग, आर्युवेद, प्राकृतिक चिकित्सा आदिबाट पनि पायल्सको निदान खोज्न सकिन्छ । पेटको सरसफाईमा ध्यान दिने, रेसायुक्त वा फाइबरयुक्त खानेकुरा खाने, पर्याप्त पानी खाने, स्वस्थ्य भोजन तालिका अपनाउने, व्यायाम गर्ने जस्ता बानीले पायल्सबाट छुटकारा पाउन सकिन्छ ।

के नखानेः यस्तो खानेकुरा सेवन नगर्ने जसले पेटलाई भद्दा बनाउँछ । पाचन यन्त्रमा समस्या ल्याउँछ । जस्तो कि, बोसोयुक्त, तारेको, भुटेको, मसलेदार, मासुजन्य, दुधजन्य, मैदाबाट बनेका, कार्बोनेटेड ड्रीकं आदिको सेवन नगर्नु हुँदैन । मदिरापान, धुमपानले पनि यसलाई जटिल बनाउँन सक्छ । सकेसम्म अन्न नखाएकै राम्रो हुन्छ ।

के खानेः सुपाच्य खानेकुरा सेवन गर्ने । फाइबरयुक्त खानेकुरा जस्तो कि, हरियो सागपात, सलाद आदि पर्याप्त मात्रामा लिने । ताजा फलफूलको सेवन गर्ने । पर्याप्त पानी पिउने । दाल पिउने । मकै, गहुँ, फापरको रोटी आदि उपयोगी हुन्छ ।

प्रकाशित मिति: ६ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्