अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७२ साल मंसिर ३ गते। बिहीबार। इश्वी सन् २०१५ नोभेम्बर १९ तारिख। नेपाल संवत् ११३६ कछला थ्व। कार्तिक शुक्लपक्ष। तिथि– अष्टमी, १९:४९ बजेउप्रान्त नवमी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च हुने समय छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। श्रमको उचित मूल्य नमिल्न सक्छ। सोचेभन्दा कमै फाइदा मिल्नेछ भने खर्चको मात्रा बढ्नेछ। परिस्थितिले निष्क्रिय बनाउन सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

उत्साहमा अलि कमी आउला। अरूको विश्वास जिते पनि आफन्तबाट अलि धोका हुन सक्छ, सचेत रहनुहोस्। तापनि प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। काममा मातापिताको सहयोग प्राप्त होला। तर, अनावश्यक ठाउँमा खर्च हुन सक्छ, सचेत रहनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आजको प्रयत्न निष्फल जस्तै होला। काम बिग्रने भयले सताउला। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ। सोचेको लाभ नमिल्न सक्छ। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। आफन्तसँग असमझदारी बढ्न सक्छ। बाध्यताका काममा अलमलिनुपर्ला। पतिपत्नीमा अविश्वास बढ्ने योग छ। सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा पनि फाइदै हुनेछ। यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। केही चुनौतीहरू देखिनेछन्। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। गरी आएका काम र व्यापार–व्यवसायमा फाइदा उठाउन नसकिएला। शत्रुहरू बढ्नाले समस्या थपिएलान्। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्न सक्छ। चोरी वा ठगीमा परिने योग भएकाले होसियार रहनुपर्ने समय छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्वाकांक्षी योजना फलीभूत होलान्। काममा मातापिताको सहयोग प्राप्त होला। स्थायी सम्पत्ति जोड्ने समय छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सहयोगीहरू पछि हट्नाले केही अप्ठ्यारोमा परिनेछ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। कृषि तथा पशुपालनमा खर्च बढ्न सक्छ। नयाँ काममा हात हाल्ने समय छ। केही झमेला आइलागे पनि पुरानो समस्या सुल्झाउन सकिनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

मान–सम्मान बढ्नेछ। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

केही मात्रामा खर्च बढ्नेछ भने काममा आलस्य जाग्नेछ। तर, लगानी बढाउनुपर्ने अवस्था देखिन्छ। चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ। तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।

प्रकाशित मिति: ३ मंसिर २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्