जाडो मौसममा किसमिसको पाइदा


 


काठमाडौं, किसमिस सेवन हाम्रो शरीरको लागि फाइदाजनक हुन्छ । तर जाडोको समयमा किसमिसको सेवन अझ लाभदायक हुन्छ ।

जाडो मौसमा किसमिसको सेवन गर्दा कब्जियत, एनिमिया, दुब्लोपन र पुरुषमा हुने कमजोरीजस्ता समस्याबाट छुटकारा पाइन्छ । किसमिसको सेवनले शरीरको तौल पनि सन्तुलित रहने गर्दछ ।

साथै आँखा, दाँत र हड्डी पनि स्वस्थ र मजबुत हुने गर्दछ । यसका साथै किसमिसले धेरै लाभदायक काम पनि गर्दछ ।

विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्दछ किसमिसमा पाइने फाइबरले हाम्रो शरीरमा रहेको बिषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्दछ । जसको कारणले हाम्रो पाचन प्रक्रिया सही रहने गर्दछ । यसको सेवनले हाम्रो शरीरमा भरपूर ऊर्जा मिल्दछ । यसमा हुने ग्लुकोज र फ्रुक्टोजले शरीरमा ताकतिलो बनाइ राख्दछ ।

छालालाई सुन्दर बनाउँछ किसमिसमा पाइने पोषक तत्वले छालालाई सुन्दर र स्वस्थ बनाइराख्न मद्दत गर्दछ । किसमिसले छालामा हुने कोशिकालाई रक्षा गर्दछ र छालामा चमकदार र सुन्दरपना कायम रहिरहन्छ ।

ज्वरोमा पनि लाभदायक किसमिसमा पाइने जीवाणुनाशक, एन्टिबायोटिक र एन्टिएक्सिडेन्स तत्वले ज्वरो आएको समयमा पनि लाभकारी सावित हुन्छ ।

कसरी सेवन गर्ने ? किसमिसको सेवनले पूरा शरीर स्वस्थ रहिरहन्छ । यसर्थ प्रत्येक दिन किसमिसको सेवन जरुरी छ । प्रतिदिन दूधमा १२ देखि १४ वटा किसमिसलाई उमालेर प्रत्येक राति सुत्नुभन्दा पहिले सेवन गर्दा शरीर धेरै मात्रामा स्वस्थ रहन्छ ।

प्रकाशित मिति: ७ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्