हाेसियार ! फ्राइ चिकेन र माछा धेरै खाने गर्नुभएकाे छ ?


 


काठमाण्डाै । फ्राइ गरिएको चिकेनको मासु सेवन गर्नु स्वास्थ्यका लागि निकै हानीकारक रहेको नयाँ अनुसन्धानले देखाएको छ । अमेरिकामा गरिएको एक अध्ययनले दैनिक ‘फ्राइड चिकेन’ खाने महिलामा १३ प्रतिशत मृत्यु जोखिम हुने देखाएको छ।

फ्राइ गरिएको चिकेन र माछा दैनिक सेवन गर्नाले क्यान्सरको जोखिम बढ्ने मात्रै नभै मृत्युको जोखिम पनि बढिरहेको अनुसन्धानले देखाएको हो ।

बुधबार मेडिकल जर्नल बिएमजेमा प्रकाशित अध्ययनका अनुसार दैनिक फ्राइ चिकेन खानाले महिलामा १३ प्रतिशत मृत्युको जोखिम बढाउँने र १२ प्रतिशत मुटु रोगको जोखिम थपिने पाइएको छ। त्यसैगरी फ्राइ माछाले ७ प्रतिशत मृत्युको जोखिम र १३ प्रतिशत मुटुको जोखिम बढाउँने पाइएको छ ।

अध्ययन ५० देखि ७९ उमेर समूहका १ लाख ७ हजार महिलामा गरिएको थियो। अध्ययनकर्ताले सन् १९९३ देखि १९९८ मा खुलेका ४० स्वास्थ्य क्लिनिकमा अध्ययन गरेका थिए। १८ वर्षसम्म गरिएको उक्त अध्ययनले चिल्लो खानेकुराले महिला स्वास्थ्यमा ठूलो नोक्सानी पुर्‍याउने निष्कर्ष निकालेको छ।

प्रकाशित मिति: १० माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्