मलेसियामा भोजपुरका एक युवाको मृत्यु


 


भोजपुर, मंसिर ७
मलेसियामा भोजपुरका एक युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । मलेसियाको पेनाङ् राज्य स्थित सुङगाई बाकापमा भोजपुर देवानटार ९ बयाङका २४ वर्षीय कर्ण भुजेलको ज्यान गएको मलेसियामा रहेका उनका आफन्त दिपक भुजेलले जानकारी दिए ।

६ वर्ष अघि मलेसिया आएका भुजेल ३ बर्ष अघि देखि अबैधानिक कामदारको रुपमा काम गर्दै आएका थिए । भुजेलले पछिल्लो समय सुङगाई बाकापमा अवस्थित एक कम्पनीमा कुखुरा काट्ने काम गर्दै आएको थिए ।

भुजेलको शब पोष्ट मार्टमका लागी अहिले सुङगाई बाकाप अस्पतालमा राखिएको छ । मृतक भुजेलको परिवारमा आमा र एक भाई मात्र छन्।

उनका बुबाको मृत्यु ६ महिना अघि भएको थियो भने कर्ण मलेसिया आएको २ वर्ष पछि श्रीमतीले अर्का बिहे गरेको पारीवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति: ७ मंसिर २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्