राष्ट्रपति भण्डारी किन उर्लाबारी आउँदैछिन् ?


 


उर्लाबारी, माघ ११

राष्ट्रपति विद्यादेवी भण्डारी उर्लावारी आउने भएकी छन् । उर्लावारी – ६मा रहेको राधिका माविको स्वर्ण महोत्सवको उद्घाटन गर्न राष्ट्रपति भण्डारी माघ २५ गते उर्लाबारी आउन लागेकी हुन् ।

विद्यालयका प्रधानाध्यापक कुमार पोख्रेलका अनुसार फागुन २ गते गर्ने भनिएको कार्यक्रम माघ २५ लाई सारिएको छ । स्वर्ण महोत्सवलाई भव्य बनाउनका लागि विभिन्न तह र भूपु विद्यार्थीहरुको तर्फबाट समेत सहयोगको अपेक्षा गरिएको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति: ११ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्