सडक र सदन दुवैतिर आन्दोलन गर्ने देउवाको घोषणा



काठमाडौं, माघ ११ रोष्टम घेराउ र नारावाजीबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास भएपछि प्रमुख विपक्षी कांग्रेस सरकार र सभामुखप्रति आक्रमक बनेको छ ।

बिद्येयक पारित भएलगत्तै संसद बैठक स्थगित भएपछि बाहिरिने क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले अव सरकारबिरुद्ध सडक र सदनमा आन्दोलन गर्ने घोषणा गर्नुभयो । ‘अव सडकर सदन दुवैतिर आन्दोलन गछौं,’ देउवाले भन्नुभयो ।

उहाँले संसदको दुई तिहाईबाट बिद्येयकपारित भएपनि सरकारमाथि अधिनायकवादी भएको आरोप लगाउनु भयो । देउवाले सभामुख कृष्णबहादुर महराले आफ्नो पदीय गरिमा कायम राख्न नसकेको आरोपसमेत लगाउनु भयो ।

चिकित्शा शिक्षा बिद्येयक पारित हुन नदिने आज कांग्रेसले संसदीय सर्वाेच्चताको बिपक्षमा आफूलाई प्रस्तुत गर्दै रोष्टम घेराउ गरेकोथियो । तर कांग्रेस सांसदहरुले शिक्षा मन्त्रलाई रोष्टममा जानबाट रोक्न सकेन ।

प्रकाशित मिति: ११ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्