थापाजी मुठभेड गर्ने इच्छा भए त्रिचन्द्र क्याम्पस वा खुल्ला मञ्च आउनुहोस्-एैन महर



काठमाडौं । संसदमा सत्तापक्षले जवरजस्ती गरे मुठभेड हुने अभिब्यक्ति दिएपछि नेपाली कांग्रेसका नेता गगन थापा विवादमा परेका छन् । उनको अभिब्यक्तिमाथी टिप्पनी गर्दै अनेरास्ववीयूका निर्वतमान महासचिव एैनसिंह महरले मुठभेड गर्ने भए त्रिचन्द्र क्याम्पस वा रत्न पार्क आउन थापालाई आग्रह गरेका छन् ।

‘ माननीय गगन थापाले (जो लोकतन्त्रको गित गाएर थाक्दैननं) संसदमा मुठ्भेड गर्ने दादागिरी चलाउने भन्नुभएछ । म गगन थापालाई अनुरोध गर्न चाहन्छु, संसद मुठ्भेड गर्ने थलो होइन । तपाइको नानी देखिको बानी नै हो मुठ्भेड रुचाउने। तपाईलाई अहिले पनि मुठभेड गर्ने चाहना र हिम्मत छ भने त्रिचन्द्र क्याम्पसमा स्वागत छ’ महरले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ‘अनेरास्ववियुका कार्यकर्ता र त्रिचन्द्र क्याम्पसका विद्यार्थी तपाइलाई स्वागत गर्न आतुर छन । संसदमा नीति निर्माण गर्न दिनुस, मुडभेड गर्ने इच्छा नै भए त्रिचन्द्र क्याम्पस, रत्नपार्क या खुल्लामञ्च आउनुहोस, त्यही मुठ्भेडको अभ्यास गरौ ।

२०५५ सालमा थापा त्रिचन्द्र क्याम्पसमा स्वबियू सभापति थिए । त्यही कुरा उठाउँदै महरले भनेका छन् तपाईं स्ववियु सभापती भएको बेलाको बनाएको एक लाख डल्लरको बगैंचाको पनि हिसाब किताब गरौंला जबकी आजको १८ बर्ष अगाडि त्यो गार्डेन जम्मा ११ लाखमा सम्पन्न भएको थियो र १ डलरको भाउ ७५ नेपाली थियो। बाँकी ६४ लाख तपाईसँग असुल्नु पर्ने नै छ। साथै क्याम्पसको बेरुजु पनि फर्च्यौट गर्नुहोला ।’

प्रकाशित मिति: ११ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्