आठ एआइजीको सरुवा, काे कहाँ ?


 


भाेजपुर, मंसिर ८

मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीको आठ एआइजीको सरुवा गरेको छ । १८ महिना पछि सरकारले एआइजीहरुको सरुवा गरेको हो।

प्रहरी तालिम केन्द्रका प्रमुख राजेन्द्र सिंह भण्डारी राष्ट्रिय सुरक्षा परिषद, अपराध अनुसन्धान विभागका प्रमुख सुरेन्द्र बहादुर शाह तालिम केन्द्र, महानगरीय प्रहरी आयुक्त कार्यालयका विज्ञानराज शर्मा अपराध अनुसन्धान विभागमा सरुवा भएका छन् । राष्ट्रिय सुरक्षा परिषदमा एआइजीको विशेष पद खडा गरेर भण्डारीलाई सरुवा गरिएको हो।

महानगरीय प्रहरी आयुक्त कार्यालयको प्रमुखमा प्रताप सिंह थापालाई ल्याइएको छ। विरेन्द्रवावु श्रेष्ठ मानव स्रोत, रमेशशेखर बज्रचार्य प्रशासन, केदार प्रसाद साउद कार्यविभाग र गणेश राई प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन्।

प्रकाशित मिति: ८ मंसिर २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्