अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७२ साल मंसिर १२ गते शनिबार। इश्वी सन् २०१५ नोभेम्बर २८ तारिख। शकसंवत् १९३७। नेपाल संवत् ११३६ कछला गा। मार्गशीर्ष कृष्णपक्ष। तिथि– तृतीया, २४:३५ बजेउप्रान्त चतुर्थी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। नयाँ काम सुरु गर्ने समय छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

विभिन्न अवसरले पछ्याउनेछन्। बोलीको प्रभाव पनि बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। तापनि, केही अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका छ। मानसम्मान पाइनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। सानो कमजोरीले अवसर गुम्न सक्छ, होसियारीसाथ काममा जुट्नुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला। कृषि, पशुपालनमा आदिमा पनि सामान्य फाइदाकै समय छ। श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला। धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। आँटेका काममा प्रतिष्ठित व्यक्तित्वको सहयोग समेत जुट्न सक्छ। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटनको योग छ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा कमाउने बेला छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिनेछ। गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ। तापनि, सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

प्रतिस्पर्धामा पनि विजयी भइनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काममा धेरै समय बित्नेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। तर अनावश्यक शंका जाग्ने र शंकाकै कारण आत्मीय सम्बन्धमा कमी आउने योग छ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। उच्च महत्वाकांक्षा र विगतका गलत निर्णयले पनि काममा चुनौती आउने देखिन्छ। मातृधन तथा परिवारजनको सहकार्यबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि फाइदा होला।

प्रकाशित मिति: १२ मंसिर २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्