दुङ्मामा साकेवा सिलि प्रदर्शन (फाेटाे फिचर सहित)


 


1भाेजपुर, मंसिर १५

जिल्लाको दक्षिण पूर्वी क्षेत्र दुङमाको सानोदुम्मा गा.वि.स. मा सोमबार बृहत साकेवा सिलि कार्यक्रम सम्पन्न भएको छ । किरात राई यायोक्खा, सानोदुङमाको सक्रियतामा किरात उद्यौली पर्व साकेवा सेवाको अवसरमा सो कार्यक्रम सम्पन्न भएको हो ।

2कार्यक्रममा दुङमा क्षेत्रका सानोदुङमा, ठूलोदुङमा र वास्तीमका उल्लेख्य किराती तथा गैर किरातीहरुको उपस्थितिमा दिनभर साकेवा सिलि प्रदर्शन गरिएको थियाे । दुङमा क्षेत्रमा किराती उद्यौली र उभौली सेवा अन्य क्षेत्रको भन्दा करीब एक महिना अघि नै गर्ने परम्परा रही आएको छ ।

3खास गरी कार्तिक पूर्णिमाको पहिलो सोमबार र चैत्र पूर्णिमाको पहिलो सोमबार साकेवा सेवा गर्ने परम्परा रही आएको स्थानीय स्थानीय मुन्दुमीविद जङगबहादुर राई बताउँछन् । दुङमा क्षेत्रका गा.वि.स.का किराती तथा गैर किरातीजनहरुको बाहुल्य उपस्थितिमा भएको औपचारिक कार्यक्रममा सनोदुङमा मा रहेर किराती संस्कार एवम् संस्कृतिलाई बढावा दिने काममा उल्लेखनीय योगदान पु¥याउने तीन जना व्यक्तित्वहरुलाई किराती परम्परा अनुसार पगरी गुथाएर सम्मान पनि गरिएको जानकारी किराया, सानोदुङमाका असिम दुङमालीले बताए ।

सम्मानित हुनेहरूमा जंगबहादुर राई, बालचन्द्र राई र प्रेमकुमारी राई रहेका छन् । सानोदुङमाको थर्पुमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि, किरात राई यायोक्खा केन्द्रीय सदस्य एवम् जिल्ला समिति, भोजपुरका अध्यक्ष पाविहाङ राइ रहेका थिए।

5प्रमुख अतिथि राइले किरातीहरुको भाषा, संस्कार एवम् संस्कृतिमा धनी रहेका र किरातीहरुले आफ्ना मौलिक ज्ञान र सीपहरुलाई जीवन्तत दिइराख्नको निम्ति सिलिको विकास गरेको बताए । त्यसैगरी किरात राई दुङमाली भाषा संस्कृति संरक्षण मञ्च, भोजपुरका सल्लाहकार तीर्थकुमार राई विशेष अतिथिको रुपमा रहेका थिए ।

4सबैको पहिचानको सम्मान गरौं, किराती संस्कार एवम् संस्कृतिको जगेर्ण गरौं भन्ने मूल अभिप्रायको साथ किरातीलाई आफ्नो संस्कार संस्कृति तर्फ थप जागरुक बनाउन विगत केही वर्ष अघि देखि नै सानोदुङमामा औपचारिक रुपमा साकेवा सिलि प्रदर्शन कार्यक्रम आयोजना गरिँदै आएको र, त्यसैको निरन्तरताको रुपमा यस पटकको कार्यक्रम आयोजना गरिएको जानकारी कार्यक्रमका प्रमुख व्यवस्थापक असीम दुङमालीले जानकारी दिए ।

प्रकाशित मिति: १५ मंसिर २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्