कांग्रेसकाे स‌ंसद अबरुद्धतर्फ संकेत गर्दै मन्त्री बाँस्काेटाले भने-‘सल्लाको न डोरी बाट्न हुन्छ, न टपरी’


 


काठमाडौं । सरकारका प्रवक्ता मन्त्री गोकुल बास्कोटाले राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि डा. केसीको अनशनको औचित्य सकिएको बताएका छन् । उनले केसीको अनसन तोडाउने जिम्मा उनलाई ‘बोक्ने’हरुकै भएको पनि बताए।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले डा. केसीको माग सम्बोधन भइसकेको दाबी गरे । उनको भनाइअनुसार सरकारले एक स्टेप अगाडि बढेर केसीको मागहरु सम्बोधन गरिसकेको जिकिर गरे ।
चिकित्सा शिक्षा विधेयक संसदको दुबै सदनले पास गरेसँगै अनसनको औचित्य समाप्त भएको उनको भनाइ थियो ।

मन्त्री बास्कोटाले भने अब जजसले धेरै नै बोक्नुभएको छ, अन्धाधुन्धसित बस्ने ठाउँको ठेगान नभई जहाज उडाउनुभएको छ । उहाँहरुले नै अवतरण गराउनुपर्छ । जनताको जीत भएको छ भन्दै सिटामोल बोकेर जानु महानता हुन्छ । सरकारको अनुरोध यत्ति हो ।’

अस्पतालसम्बन्धी माग पूरा भइसके पनि पनि कांग्रेसले संसद अवरोध गरेको भन्दै उनले केही मान्छेको हठले संसदीय प्रक्रिया बन्धक बनाउन उपयुक्त नहुने बताए ।

कांग्रेसकाे स‌ंसद अबरुद्धतर्फ संकेत गर्दै मन्त्री बाँस्काेटाले भने ‘सालको पात मात्र टपरी हुन्छ, सल्लाको हुँदैन । चर्चित प्रकरण सकियो । सल्लाको न डोरी बाट्न हुन्छ, न टपरी हुन्छ ।’

प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्