नेपाल विद्यार्थी संघद्धारा ताप्लेजुङमा ओलीको पुत्लादहन


 


ताप्लेजुङ माघ १८
प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले ताप्लेजुङ सदरमुकाममा सरकार विरुद्ध प्रर्दशनगर्दै प्रधानमन्त्री केप् िशर्मा ओलीको पुत्लादहन गरेको छ ।

ओली नेतृत्वको सरकारले जबरजस्ती चिकित्साशिक्षा विधेयक पारित गरेको लगायतका विषयमा विरोध जनाउँदै नेविसंघले प्रर्दशन सहित पुत्लादहन गरेको हो । सदरमुकाम फुङलिङको पुरानो बैंक लाईनबाट विरोध जुलुस निकालेको नेविसंघले विरेन्द्रचौकमा पुगेर पुत्ला जलाएको थियो ।

प्रर्दशन पछि विरेन्द्र चौकमा कोणसभा समेत भएको थियो । कोण सभामा बोल्दै नेवि संघका जिल्ला अध्यक्ष विश्व नाल्बोले सरकारले जबरजस्ती चिकित्साशिक्षा विधेयक पारित गरेको, मुलुकका विभिन्न ठाउँमा भएका बलात्कार हत्या जस्ता जघन्य अपराधिक घटना प्रति सरकार गम्भिर नदेखिएको आरोप लगाउँदै उसका विरुद्ध आन्दोलन गर्नु परेको बताएका थिए ।

प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्