अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७२ साल मंसिर १७ गते बिहीबार। इश्वी सन् २०१५ डिसेम्बर ३ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३६ कछला गा। मार्गशीर्ष कृष्णपक्ष। तिथि– अष्टमी, २७:४४ बजेउप्रान्त नवमी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला। धैर्यले काम लिने समय छ। पशुपालन तथा कृषि क्षेत्रबाट भने सामान्य लाभ मिल्ने योग छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। तर अनावश्यक शंका जाग्ने र शंकाकै कारण आत्मीय सम्बन्धमा कमी आउने योग छ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। उच्च महत्वाकांक्षा र विगतका गलत निर्णयले पनि काममा चुनौती आउने देखिन्छ। मातृधन तथा परिवारजनको सहकार्यबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि फाइदा होला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

फाइदा कममात्र हुनेछ। पठन–पाठनमा त्यति समय दिन नसकिएला। अरूले आलोचना गर्नसक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्। विगतको श्रमबाट भने लाभ हुनेछ। काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ। आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

प्रतिष्ठित काम गर्ने मौका छ। मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। विविध चुनौती देखापर्नाले चिन्ता बढ्न सक्छ। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। धैर्यसाथ कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला, श्रमको उपलब्धि हात पार्न सकिनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। आस मारेको कामले उत्साह जगाउनेछ। तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

अलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस्। तापनि, दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ।

प्रकाशित मिति: १७ मंसिर २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्