चिकित्शकदेखि बिरामीका आफन्तसम्म प्रतिवादमा उत्रिएपछि अन्तत: डा केसीले तोडे अनशन


 


काठमाडौं, माघ १८

चिकित्शा शिक्षाको सुधारमा द्वन्द्धकालिन राजनीतिक मुद्धा घुसाएर अनशनरत त्रिबि शिक्षण अस्पतालका चिकित्शक प्राडा गोबिन्द केसीले अनशन तोडनु भएको छ ।

संघीय संसदबाट बिहीबार चिकित्सा शिक्षा विधेयक पारित भइ ऐन बनेपछि अनशन बस्न उकास्नेहरुले नै अनशन तोडन आग्रह गरेपछि केसीले केहीबेरअघि आफूखसी अनशन तोडनु भएको हो । चिकित्शा शिक्षा विधेयकले आफ्ना माग पुरा गर्न नसकेको ठहर गर्दै डा केसी अनसन बस्नुभएको थियो । बिद्येकले डा केसीको अधिकांश माग समेटेको भएपनि उहाँले राजनीतिक मुद्धा थपेर अनशन बसेपछि चौतर्फी आलोचना भएको थियो ।

सरकारले संसदको सर्वोच्चताबिरुद्ध अनशन बसेपछि बार्तासमेत गर्न अस्वीकार गरेको थियो भने बरिष्ठ चिकित्शहरु नै बिरुद्धमा उत्रिएपछि नेपाल चिकित्शक संघले केसीमाथि अन्याय भन्दै हडताल घोषणा गरेको थियो । राजनीतिक मुद्दामा संघ उत्रिएपछि सरकारले कार्वाहीको लागि गृहकार्य अघि बढाउन साथ केसीलाई अनशन बस्न उकास्नेहरु आफै अपताल पुगेर धेरै माग बिद्येयकले समेटेको र बाँकीमा लडाइ लडने भन्दै केसीलाई अनशन तोडन सुझाएका थिए ।

बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा र आज शुक्रबार पूर्वराष्ट्रपति रामबरण यादव, केदारभक्त माथेमा, दिनेश त्रिपाठी लगायतसहित चिकित्सक संघसंगठनको आग्रहपछि डा केसी १६औँ अनसन २४औँ दिनमा तोड्न राजी हुनुभएको थियो ।

चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धतासमेत केसीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । कांग्रेस सभापति देउवाकै भाषामा केसीको वक्तव्य आएको छ ।
चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले अनसन तोडेको केसीले बताएका छन् । केसीलाई अस्पतालका सफाई कर्मचारी अमृत पुजारी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख एंव कांग्रेस नेता दमननाथ ढुंगानाको हातबाट जुस पिलाउनु भयो ।

प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्