भारतले नेपाललाई ११ अर्ब २० करोड सहयोग गर्ने


 


काठमाडौं माघ १९
भारतले नेपाललाई सन् २०१९/२० मा ११ अर्ब २० करोड रुपैयाँ (७ अर्ब भारु) अनुदान सहयोग दिने भएको छ । भारतीय कार्यवाहक वित्तमन्त्री पीयूष गोयलले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०१९/२० को युनियन बजेटमा नेपाललाई ७ अर्ब भारु सहयोग गर्ने उल्लेख छ ।

बजेटको विदेशी मुलुकलाई दिइने ऋण तथा अनुदानको सूचीमा सहयोग रकम उल्लेख छ । भारतले यस वर्ष पनि अघिल्लो वर्ष बराबर नै सहयोग दिन लागेको हो । भारतले दक्षिण एसियाली मुलुकमा सबभन्दा बढी सहयोग भुटानलाई दिने भएको छ ।

यस वर्ष भारतले भुटानलाई २१ अर्ब १५ करोड भारु सहयोग गर्ने भएको छ । भारतले नेपाललाई हरेक वर्ष बजेटरी सहयोग दिँदै आएको छ । सरकारले बजेटरी सहयोग प्रशासनिकसहित जुनसुकै शीर्षकमा समेत खर्च गर्न सकिन्छ ।

प्रकाशित मिति: १९ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्