केसीविरुद्ध अनसन बसेका विजय थापाले पनि तोडे अनसन
काठमाडौं माघ १९
प्राध्यापक डाक्टर गोविन्द केसीविरुद्ध अनसन बस्ने युवा विजय थापाले पनि अनसन तोडेका छन् । उनले शनिबार अनसन तोडेका हुन् ।
काठमाडौं महानगरपालिका २० स्थित भिमासेनथान बस्ने ३ वर्षीया अकिया नगरकोटी र जनकपुर उपमहानगरपालिका ४ स्थित हंसपुर बस्ने ५५ वर्षीय बेचेन यादवले जुस पिलाएर उनको अनशन तोडाएका हुन् ।
थापा शिक्षण अस्पताल महाराजगन्जमा २३ दिनदेखि अनशनरत थिए ।
यस्तै केसीले सरकारसँग कुनै सहमति नभइकनै शुक्रबार आफ्नो अनसन तोडेका थिए ।
प्रकाशित मिति: १९ माघ २०७५, शनिबार












