साहित्यकारलाई साहित्यबारे प्रधानमन्त्री ओलीकाे प्रवचन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रधानमन्त्री निवास वालुवाटारमा साहित्यकारहरुलाई साहित्य कस्तो हुनुपर्छ भन्नेबारे प्रवचन दिएका छन्। डा. अरुण सायमीले लेखेको ‘मेरो जीवन कथा’को विमोचन समारोहमा प्रधानमन्त्री ओलीले साहित्य बारेमा धाराप्रवाह प्रवचन दिका हुन् ।

सधैजसाे राजनीतिमा तिखो व्यंग्य गर्ने प्रधानमन्त्री ओलीले शनिबार भने साहित्यको बारेमा मात्रै प्रवचन दिएका थिए । साहित्यलाई जीवन्त र पाठकको ध्यान तानिरहने बनाउन असाधारण शैली प्रयोग गरिनुपर्ने प्रधानमन्त्रीको धारणा थियो।

उनले भने “साहित्यमा एउटा सानो विषयलाई कसरी प्रस्तुत गरिन्छ। त्यहाँ पसिसकेपछि, किताबको छेउमा पस्नुपर्छ, त्यसपछि त्यो किताब कस्तो छ भन्ने कुरा र समय मान्छेलाई अभाव हुन्छ। महत्वपुर्ण कामहरु हुन्छ नि त्यो विर्स्याे कि विर्सेन ? थकाई लाग्या हुन्छ, त्यो विर्स्याे कि विर्सेन ? निन्द्रा लाग्या हुन्छ, त्यो विर्स्याे कि विर्सेन ? भोक लागेको हुन्छ, त्यो विर्स्याे कि विर्सेन ? थुप्रै कामहरुको चाङ लाग्या हुन्छ, त्यो विर्स्याे कि विर्सेन ? सबै कुरा छोडेर त्यसैमा लाग्यो भने त्यो असाधारण हो। त्यसले छुटि्टनै दिदैन । त्यो पहिले म संग पारित गर्छ अनि मात्रै छुटकारा पाउछ । त्यसको जादु त्यही हो।”

उनले साहित्यमा विना प्रसंगका पात्रहरुले विषयवस्तुको सिलसिलालाई भंग गर्ने भएकाले त्यसमा पनि लेखक गम्भीर हुनुपर्ने बताए। सायमीको आत्मकथा ‘मेरो जीवन कथा’मा केही त्यस्ता प्रसंग पनि भएको टिप्पणी उनले गरे। मेरो जीवन कथामा आएका कतिपय पात्रले लेखक सायमीलाई बास्तवमै आफ्नै कथा लेख्नका लागि बाधा पुर्याएको टिप्पणी पनि उनले गरे।

सायमीकाे पछिल्लो कृतिको रुपमा आएको मेरो जीवन कथा आत्मकथालाई गंकी धुस्वाँ–बसुन्धरा प्रतिष्ठानले प्रकाशन गरेको हो। २ सय ५२ पृष्ठको मेरो जीवन कथा भित्र डाक्टर सायमिको बाल्यकाल देखि स्कुल, शिक्षा, राजैतिक यात्रा, राजनीतिक व्यक्तित्वसंगको भेटघाट, संगत तथा २०६२ ÷६३ को जनआन्दोलन र महाभूकम्प २०७२ का प्रंसग समेटिएका छन्।

प्रकाशित मिति: १९ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्