प्रधानमन्त्री ओली सिरहा पुग्दा हजारौं मधेसी जनताले गरे जय जयकार



सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले देखेको सम्वृद्धिको सपना यही सरकारले पुरा गर्ने बताएका छन् । सदरमुकाम सिरहामा आज आयोजित शहिद हेमनारायण यादवको १५ औं स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हजारौंको भीडमा सो कुरा बताएका हुन् ।

हजारौंको संख्यामा उपस्थित नेता तथा कार्यकर्ताहरुमाझ ओलीले भने, ‘गरिबी, बेरोजगारी अन्त्य गरि मुलुकलाई सम्बृद्ध बनाउने योजनाका साथ हामी अघि बढ्ेका छौं, तपाईहरु धैर्य गर्नुस्, तपाईहरुको सम्वृद्धीको सपना यही सरकारले पुरा गर्छ ।’

व्यवहारिक रुपमा मुलुकको गरिबी र बेरोजगारी हटाउन सरकार दृढताका साथ अघि बढेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन प्रधानमन्त्री स्वरोजगार योजना, प्रत्येक स्थानिय तहमा स्वरोजगार अधिकार नियुक्ति गर्ने जस्ता कार्यहरु अघि बढाईसकेको उल्लेख गरे ।

प्रकाशित मिति: १९ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्