सभामुखले भने कांग्रेसले चिकित्सा शिक्षा विधेयकमा आन्दोलन गर्नु गलत


 


दाङ, २० माघ
संघीय संसदका सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयकका बारेमा आन्दोलन गर्नु गलत भएको बताएका छन् ।

तुलसीपुरको टरिगाउँ विमानस्थलमा आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभामुख महराले प्रक्रिया पुर्‍याएर पारित भएको विधेकलाई आन्दोलनको विषय बनाउनु सही मान्न नसकिने बताएका हुन् ।

प्रतिपक्षको समितिमा पर्याप्त छलफल भएर पारित भएको विधेयक संसदमा पनि असहमति जनाएको भए पुग्नेमा संदनमै अवरोध गराउन खोज्नु गतल भएको महराले बताए ।

‘चिकित्सा शिक्षा विधेयक उहाँहरुको आन्दोलन र अवरोधको विषय हैन र हुनु हुन्न,’ महराले भने, ‘एउटा प्रक्रियामा गइसकेको कुरालाई उछाल्न खोज्नु गलत हो ।’

उनले चिकित्सा शिक्षा विधेयक आन्दोलनको विषय बनाउनु भनेको प्रतिपक्षले राजनीति गर्न खोज्नु मात्रै भएको धारणा व्यक्त गरे ।

प्रकाशित मिति: २० माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्