सन्दीप लामिछानेको गृहजिल्लाबाट विश्वलाई चकित पार्ने रंगशाला बनाउँछौ–रेणु दाहाल


 


चितवन माघ २०
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले विश्व स्टार खेलाडी सन्दीप लामिछानेको गृहजिल्लाबाट विश्वलाई चकित पार्ने क्रिकेट रंगशाला निर्माण गर्ने पुनः प्रतिबद्धता जनाएकी छिन् ।

‘यतिबेला यही जिल्लाका छोरा सन्दीप यूएई क्रिकेट मैदानमा छन्, उनी अब अन्तराष्ट्रिय खेलाडीहरुसँग खेलेको हाम्रै मैदानमा देख्नेछौ’ आइतवार धुर्मुस–सन्तुली फाउन्डेशनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको सुभारम्भ कार्यक्रममा मेयर दाहलले भनिन् ‘हात–हात, साथमा सहयोगी बनौ, हाम्रो ठाउँमा विश्वकै नमुना क्रिकेट रंगशाला यही बन्छ ।’

१६ माघमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा काठमाडौंमा गरिएको थियो । धुर्मुस सन्तुली फाउन्डेशनले रंगशाला निर्माणको घोषणा गरेपछि केही ब्यक्तिहरुले विरोधका स्वरहर पनि निकालेका थिए । ‘धुर्मुस सन्तुली फाउन्डेशनले रंगशाला निर्माण गर्ने तर निकम्वा बनेर सरकारले ताली बचाउने’ भन्दै केही आलोचना सामाजिक सञ्जालमा भएका थिए । त्यसको पनि मेयर रेणुले जवाफ दिएकी छिन् ।

‘सरकार निकम्वा भएर होइन, राम्रो काम गर्ने फाउन्डेशनलाई काम गर्ने अवसर दिएका छौ’ मेयर दाहाले भनिन् ‘नकारात्मक टिप्पनीले कहिँ कतै पुगिदैन, सकारात्मक सोचले रंगशाला बन्छ, हामी सवै सकारात्मक सोच लिएर अघि बढौ ।’ रंगशाला निर्माणको काम शूरु नहुँदै केही ब्यक्तिले नकारात्मक टिप्पनी गरिरहेको भन्दै उनीहरुको कुरा नसुन्न चितवनवासीलाई आग्रह गरिन ।

‘सही उदेश्य बोकेर जनताको भलो हुने काममा हामीले हातेमालो गर्नु पर्दछ’ उनले भनिन् ‘भारतपुरबाट खुसी संदेश देशवासी र अन्तराष्ट्रिय समुदायलाई दिउँ ।’

प्रकाशित मिति: २० माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्