प्रचण्ड र सरकारको विज्ञप्तिको विरोध गर्दै कांग्रेसले गर्यो अमेरिकाको ‘सपोर्ट’


 


काठमाडौं, २० माघ
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अमेरिकाको खिलापमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष र सरकारले गरेको सार्वजनिक अभिव्यक्ति गलत भएको निश्कर्ष निकालेको छ ।

आइतबार संसदीय दलको कार्यलय सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले नेपालको विकास निर्माण लगायतका क्षेत्रमा सहयोग गर्दै आएको अमेरिकासँग सम्बन्ध बिग्रने गरी प्रचण्ड र सरकारले अभिव्यक्ति सार्वजनिक गर्न नहुने निश्कर्ष निकालेको हो ।

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार र नेकपाका कारण अमेरिकासँग चिसोपना उत्पन्न भएको बताए । उनले भने, ‘सत्तारुढ दलका एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको विभिन्न क्षेत्रमा ठूलो सहयोग गर्दै आएको राष्ट्रप्रति जुन खालको विज्ञप्ति दिनुभयो । त्यसमा हाम्रो पार्टीको आपत्ति छ । सरकारे पनि त्यसतै खालको विज्ञप्ति निकाल्नु दुःख हो भन्ने हाम्रो धारण हो ।’

फरक प्रसंगमा उनले काँग्रेस आज दिउँसो ३ बजे बस्ने संसद बैठक अवरुद्ध नगर्ने पनि बताए । प्रमुख सचेतक खाँणले भने,‘अब हाम्रो संघर्षको स्वरुप फरक हुन्छ ।

प्रकाशित मिति: २० माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्