बालकुमारीस्थित वेस्टार अपार्टमेन्टमा पत्रकारकी पत्नी झुन्डिएको अवस्थामा


 


काठमाडौं माघ २०
ऊर्जामन्त्री वर्षमान पुनका प्रेस संयोजक पत्रकार रोशन खड्काकी पत्नी बबिता बस्नेत झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।

ललितपुरको बालकुमारीस्थित वेस्टार अपार्टमेन्टमा उनी झुन्डिएको अवस्थामा फेला परेकी हुन् । आइतबार सो अपार्टमेन्टको पाँचौँ तलामा झुन्डिएको अवस्थामा बबिताको शव फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले जानकारी दिए ।

मृतक बस्नेत नातामा वन तथा वातावरणमन्त्री शक्ति बस्नेतकी भतिजी पर्ने बुझिएको छ । उनको मृत्युको कारण अहिलेसम्म नखुलेको र घटनाबारे छानबिन शुरु गरिएको बताइएको छ ।

प्रकाशित मिति: २० माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्