मंगलबार उर्लाबारीमा सार्वजनिक विदा दिन माग


 


उर्लाबारी माघ २०

नेपाल तामाङ घेदुङ (संघ) नगर समिति उर्लाबारीले सोनाम ल्होछार पर्वका अवसरमा स्थानिय सरकारसँग सार्वजनिक बिदा माग गरेका छन् । सो संघले आज पत्रकार सम्मेलनको आयोजना गरी तामाङ समुदायको राष्ट्रिय महत्व बोकेको सोनम ल्होसार –२८५५ मा सवै समुदायको सहभागिताका लागि उर्लाबारी नगरपालिका समक्ष एक दिन सार्वजनिक बिदा माग गरिएको नगर अध्यक्ष राजु लामाले जानकारी दिनुभयो ।

माघ २२ गते मंगलबार उर्लाबारीमा स्थानिय सरकार, सामाजीक संघ–संस्था, प्राज्ञिक समुदाय, व्यवसायी, उद्योगपति तथा आम नगरबासीकाबीच बृहत रुपमा शुभकामना आदान प्रदान गर्ने र सो कार्यक्रममले सवै जातजातीहरुको भेषभूषा, संस्कृतिक संस्कारहरुको जागरण, संरक्षण र जगेर्ना गर्नमा मदत पुग्ने बिश्वास गरिएको आयोजकले जनाएको छ ।

उर्लाबारी नगरमा तामाङ समुदायको जनसंख्या १० हजारको हाराहारीमा रहेको अन्तराष्ट्रिय तामाङ परिषदका निवर्तमान अध्यक्ष महेन्द्रजंग तामाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २० माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्