चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई सञ्चार मन्त्रालयको स्पष्टिकरण


 


काठमाडौं माघ २० सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयले चौमासिक समीक्षा बैठकका लागि पत्राचार गर्दा अनुपस्थित भएको र बोर्डको काम सन्तोषजनक नरहेको भन्दै चलिचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग लिखित स्पष्टिकरण मागेको छ ।

मन्त्रालयले आइतबार आर्थिक वर्ष २०७५/७६ को बजेट कार्यन्वयनसम्बन्धी चौमासिक समीक्षा बैठक राखेको थियो । बैठकमा मन्त्रालय अन्तर्गत अन्य सबै संस्थान, बोर्ड र निकायका प्रमुखहरु सहभागी थिए । तर विकास बोर्डकी अध्यक्ष पौडेल बैठकमा सहभागि थिइनन् ।

बैठकमा चलिचत्र विकास बोर्डको प्रगति विवरण सुनाउन निकिता अनुपस्थित रहेपछि मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका उच्च अधिकारीलाई यस विषयमा सोधेका थिए । मन्त्रालयकी सहसचिव राधिका अर्यालले खबर गरिएको तर नआएको जवाफअ समेत दिइन् ।

उनले विदा स्वीकृत पनि नगराएको मन्त्रालयका अधिकारीहरुले मन्त्रीलाई जानकारी दिएका थिए । मन्त्री बास्कोटाले विदा स्वीकृत नगराई चौमासिक बैठक चलेको समयमा अनुपस्थित भएको हो भने तत्काल स्पष्टिकरण सोध्न र गोरखापत्रमा सूचना निकाल्न मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिइएको जनाएको छ ।

मन्त्रालयले मन्त्रीको निर्देशन बमोजिम निकिता पौडेललाई स्पष्टिकरण सोध्न पत्र तयार पारेको समेत स्रोतले जनाएको छ । पौडेलले हालै केहि समय अघि चर्चित पत्रकार तथा टेलिभिजन प्रस्तोता रवि लामिछानेसँग कोर्ट म्यारिज गरेकी छन् ।

प्रकाशित मिति: २० माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्