उर्लाबारीबासीलाई खुशीको खबर ! सरकारले नगरका ६ वडामा स्वास्थ्य संस्था स्थापना गर्ने


 


उर्लाबारी, माघ २०

सरकारले उर्लाबारीका ६ वटा वडाहरुमा स्वास्थ्य संस्था स्थापना गर्ने भएको छ । सरकारको मुलुकभर १२ सय वटा स्वास्थ्य संस्था स्थापना गर्ने नीति अनुसार उर्लाबारी नगर क्षेत्रका ६ वटा वडाहरुमा स्वास्थ्य संस्था स्थापना हुन लागेको हो ।

सरकारले गत जेठ १५ गतेको बजेट भाषणमा चालु आर्थिक वर्षभित्र स्वास्थ्य सेवा नपुगेका क्षेत्रलाई लक्षित गर्दै देशभर १२ सय वटा स्वास्थ्य संस्था स्थापना गर्ने घोषणा गरेको थियो । उर्लाबारी नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक रेणुकाप्रसाद काफ्लेका अनुसार उर्लाबारीको वडा नम्बर १,२,५,६,७ र ९ मा स्वास्थ्य संस्था स्थापना हुनेछन् ।

उर्लाबारीको वडा नम्बर ३ मा मंगलबारे अस्पताल, ४ मा शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर ८ मा राजघाट स्वास्थ्य चौँकी रहेका छन् । बाँकी यी वडामा स्वास्थ्य संस्थाहरु स्थापनासँगै उर्लाबारीका सबै वडाहरुमा स्वास्थ्य संस्थाहरु हुनेछन् ।

प्रकाशित मिति: २० माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्