बाहिर खाजाघर, भित्र यौनधन्दा ग्राहकः प्रहरी ! (भिडियाे) सहित


 


काठमाडौँ माघ २०
सुन्दै आङ जिरिङ्ग हुने पीडा ! दिनभर खाजाघरको काम गर्नुपर्ने, कोही पुरुष ग्रहक आयो कि कोठीमा गएर ढलिदिनु पर्ने, उनीहरुले भनेजस्तो, चाहेजस्तो गरिदिनुपर्ने, नगरे निर्मम यातना भोग्नुपर्ने ! रोजगारीको खोजी गर्दै आएका कमला र विमला मात्रै होइनन्, धेरै बालिका र किशोरी यस्तै नियति भोग्न वाध्य छन्, यो काठमाडौं सहरमा ।

उनीहरु रुन्छन्, चिच्याउँछन्, कराउँछन् । तर, आवाज सुनिदिने कोही हुँदैन । हातमुख जोर्न शरीर बेच्नुपर्ने वाध्यता भोगिरहेकाको हितमा काम गर्छु भन्दै बोर्ड झुड्याउने धेरै छन् । तर, तिनीहरु वास्तविक पीडितसम्म पुग्न सकेका छैनन् । नयाँ बसपार्कबाट पछिल्लो पटक सार्वजनिक भएको घटनाले अवैध यौनधन्दामा प्रहरीकै संलग्नता समेत खुलाएको छ । थप प्रसङ्गसहित आउँछौं, त्यसअघि एकैछिन ब्रेक ।

दर्शकहरु, आफ्नै देशभित्र बेचिन बाध्य बालिका एवम् किशोरीको चित्कारबारे चर्चा गरिरहेका छौं । एउटा कामका लागि भन्दै राखेर यौनधन्दामा लगाउनु ‘देह व्यापार’ हो । अर्थात् मानव बेचविखन । जुन जघन्य अपराध हो । यहाँ मानव एवम् चेलीबेटी बेचबिखनविरुद्ध काम गर्ने थुप्रै सरकारी एवम् गैरसरकारी संघसंस्था छन् । तर, उनीहरुको नजर राजधानीमै सञ्चालित ‘यौन–कोठी’मा पुगेको छैन ।

अनि, अवैध ध्रन्दा नियन्त्रण गर्नुपर्ने प्रहरी नै यौनधन्दामा संलग्न रहेको खुलासा हुन्छ भने योजस्तो विडम्वना के हुन सक्छ रु जसले यौन व्यवसाय थप मौलाउन भरथेग गरिरहेको छ । अब, राजधानीमा बढ्दो यौन धन्दा र नियन्त्रणका लागि भएको प्रयास र त्यसको प्रभावकारीताबारे चर्चा गरौं ।

फरक आवरणमा यौन व्यवसाय चलाउने मनु छन्त्याल त उदाहरण मात्रै हुन् । यहाँ थुप्रै मनुहरु छन्, र सयौंले विमला र कमलाको नियति भोगिरहेका छन् । राजधानीमा छ्याप्छ्याप्ती यौनधन्दा भइरहेको स–प्रमाण भेट्दा समेत नियन्त्रणमा प्रहरी एवम् चेलीबेटी बेचबिखनविरुद्ध काम गरिरहेका सरकारी तथा गैरसरकारी संघसस्थाले प्रभावकारी काम गरेका छैनन् ।

मनु छन्त्यालहरुलाई कसले संरक्षण गरिरहेको छ रु प्रश्न पछ्याउँदै जाँदा अन्तिममा प्रहरीमै गएर ठोकिन्छ । जस कारण विमला–कमलाहरुले नारकीय जीवन भोग्नु परिरहेको छ । तर, यो भोगाई र प्रताडना कहिलेसम्म ? देशभित्रै, अझ राजधानीमै मौलाउँदो देह व्यापार नियन्त्रण गर्न सरकारी एवम् गैरसरकारी संस्थासँगै प्रहरीको भूमिका प्रभावकारी होस् ।

प्रहरी मात्रै इमान्दार भइदिने हो भने यस्ता कुकर्म स्वतः निरुतसहित हुन्छ । तर, अवैध अखडा प्रहरीकै यौनप्यास मेट्ने र कमाउने माध्यम बन्छन् भने सयौं विमला–कमलाहरुले नारकीय जीवनबाट मुक्ति पाउन असंभव छ ।

प्रकाशित मिति: २० माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्