२०७५ साल माघ २१ गते,सोमबारको राशिफल


 


विसं २०७५ साल माघ २१ गते,सोमबार,इश्वी सन् २०१९ फेब्रुवरी ४ तारिख

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
गोपनीयतामा ध्यान दिनुहोला,नोकरी तथा राजनीतिमा बुद्धिको उपयोग गरे लक्ष्यअनुसार अघि बढ्न सकिनेछ,भौतिक साधनहरू जुटाउन सकिनेछ,प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्,बलजफ्ती गर्दा थप समस्या आउन सक्छन्,सामान्य काम र उद्देश्यविहीन भ्रमणमा बढी समय बित्न सक्छ,आजको शुभ अंक ५ रहेको छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पति–पत्नीबीच विवाद प्रशस्तबढ्नेछ,घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ, माता,पिता र सन्तानसँगको मतभेद अरु बढ्नेछ,सचेत रहनुहोस, विभिन्न अवसर प्राप्त हुनेछन्,पारिवारिक आवश्यकता पूरा गर्न सकिनेछ,परिस्थितिको बन्धनमा परिने समय छ,आजको शुभ अंक ७ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह)
मान–सम्मान पनि पाइनेछ,गाँस्नेहरूले सताउन सक्छ,सुरुमा बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ,राज्यबाट सम्मान हुने,कर्मयोगका थप बाटाहरू खुल्नेछन्,पढाइलेखाइ र व्यवसायमा उन्नति,धनलाभ हुनेछ,अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,आजको शुभ अंक ८ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सानो कामका लागि लामो यात्रा गर्नुपर्ला,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला, सचेत रहनुहोस,निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ,घरेलु समस्या देखापर्न सक्छन्,आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ,आफन्तबीच अविश्वास बढ्ला,सचेत रहनुहोला,आजको शुभ अंक ११ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,व्यापारमा संकट आउने,यात्रामा अवरोध हुने,पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ,आजको शुभ अंक ५ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारमा अवरोध आउने,यात्रामा समस्या आउने,विश्वासमा धोका हुने भएकाले गोपनीयतामा जोड दिनुहोला,बुझेरमात्र काम गर्नुहोला,विनादोष कारवाहीमा पर्ने सम्भावानछ,सुरुमा काम बन्नुका साथै प्रशस्तै आम्दानी हात पर्नेछ,अधुरा कामहरू बन्नेछन्,सचेत रहनुहोस्,अनुभवले ज्ञानको दायरा बढ्नेछ, आजको शुभ अंक १२ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ, केही अनियन्त्रित खर्च पनि हुनेछ,पढाइमा अरु प्रगति हुनेछ, जोश र जाँगर बढ्नेछ,अधुराकाम पुरा हुनुकोसाथै नयाँकाम पाउने योगछ,व्यापारमा प्रगति हुनेछ,प्रेम सफलरूपमा अघिबढ्नेछ, गोपनीयतामा ध्यान दिनुहोला,सुखदुःखमा साथ पाइनेछ,आजको शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
सहयोगी र दाजुभाइहरुबाट समेत धोका हुन सक्ने भएकोले गोपनीयतामा जोडदिनुहोला,नोकारीमा समस्या आउनेछ, स्थानान्तरण हुने,झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला,राजनीतिमा पाएको सुविधा गुमाउनु पर्ला, रोगबाट छुटकारा मिल्नेछ,आजको शुभ अंक ९ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समस्याहरू धेरै आउनेछन्,कान कमजोर भएकोले विनाकारण शंका उपशंका आफन्तहरुसँग बढ्नेछ,मानसिक तनाव उच्च विन्दुमा पुग्ने,निकटजनहरुसँग बिना कारण टाढिनु पर्ने आवस्था आउन सक्छ,घरेलु समस्याले घरै छोड्ने स्थिति आउन सक्छ, स्वास्थ्य कमजोर देखिए पनि लक्ष्य प्राप्त गर्न सकिनेछ,आजको शुभ अंक १० रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कर्मसिद्धिको समय छ,स्वास्थ्य कमजोर देखिए पनि इच्छाशक्ति बढ्नाले चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ,जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्,मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ,अभिभावकसँग संयमतापूर्वक व्यवहार गर्नुहोला,फसिने डरले सताउन सक्छ,झगडा पनि हुनसक्छ, आजको शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धार्मिक,सामाजिक तथा परोपकारजन्य क्रियाकलाप सम्पादन हुने समय छ,आत्मबल बढ्नेछ,अरुसँग गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,पढाइमा सफलता मिल्ने,सन्तानहरुबाट सहयोग पाउने,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,आजको शुभ अंक १ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ,पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफलहुनुहोला,काम सामान्य भए पनि राम्रो आम्दानी हुनेछ,विश्वास गुम्ने सम्भावना छ,सचेत रहनुहोला, कामको बोझ थपिनेछ,धार्मिक क्रियाकलापमा बाधा हुनेछ, साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्,आजको शुभ अंक ३ रहेको छ।

दिब्य ज्योतिष बाट साभार गरीएको

प्रकाशित मिति: २० माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्