भाेजपुरमा बालाचर्तुदशी मेलाको रौनक (फोटो फिचर)


 


IMG_0009भोजपुर, मंसिर २४
जिल्लाको उत्तरी क्षेत्र दिङ्ला बजारमा बालाचर्तुदशी मेलाको रौनक छाएको छ । बुधबार दिउँसोबाट शुरु भएको मेला रातभर र विहिबार पनि जारी छ ।

IMG_0010

मेला भर्न जिल्लाको अधिकांश गाउँबाट र छिमेकी जिल्लाहरुबाट समेत दर्शनार्थीहरुको भीड लागेको छ । बुधबार रातभर भक्तजनहरु जाग्राम बसेका छन् ।

IMG_0013उनिहरु रातभर षडानन्द गुठी परिसरमा बत्ति बालेर मृतक परिवारका सदस्यको सम्झनामा जाग्राम बसेका हुन् । विहिबार विहानै भक्तजनहरुले मन्दिर परिसरमा सतबिज छरेका थिए । मेलामा हजारौको संख्यामा भक्तजनहरुको उपस्थिति रहेको थियो ।

IMG_0025मेलाको अवसरमा रमाइलो सांगीतिक कार्यक्रम समेत भएको छ । यस्तै जिल्लाका विभिन्न ठाउँहरुमा बालाचर्तदशीको अवसरमा मेला लागेको छ ।

IMG_0054जिल्लाको चर्चित ट्याम्के डाँडामा समेत हजारौ संख्यामा भक्तजनहरुको उपस्थिति थियो । अधिकांश देवालयहरुमा सजबिज छर्ने भक्तजनको भिड लागेको थियो ।

IMG_0111IMG_0106

प्रकाशित मिति: २५ मंसिर २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्