लिम्बुवानको बन्द दोस्रो दिन पनि जारी, पूर्वको जनजीवन प्रभावित


 


hqdefault (1)

२८ मंसिर, ताप्लेजुङ । संघीय लिम्बुवान पार्टी नेपालको असन्तुष्ट पक्षले आहृवान गरेको बन्दका कारण आज दोस्रो दिन पनि पूर्वको जनजीवन बिहानैदेखि प्रभावित बनेको छ ।

झापा, मोरङ र सुनसरीलाई प्रदेश नम्बर एकबाट छुट्याउन नहुने र अरुण पूर्वका ९ जिल्लालाई लिम्बुवान घोषणाको माग गर्दै संघीय लिम्बुवान पार्टी नेपालको असन्तुष्ट पक्षले आईतबारदेखि अनिश्चितकालीन बन्द आहृवान गरेको हो । बन्दको तराईका जिल्ला सुनसरी, मोरङ, झापामा बढि प्रभाव परेको छ भने पहाडि जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, संखुवासभा र तेर्‍हथुममा आज पनि सामान्य मात्र प्रभाव परेको छ ।

ताप्लेजुङसहित पहाडि जिल्लाबाट छुट्ने लामो दुरीका सवारीसाधन सञ्चालनमा केहि प्रभाव परेपनि छोटो दुरीका सबै सवारी सञ्चालनमा रहेका छन् । यि जिल्लामा उद्योगधन्दा, कलकारखाना र शैक्षिक संस्था खुल्ला रहेका छन् । झापा सहितका तराईका जिल्लामा उद्योग, कलकारखाना, विद्यालय, क्याम्पस र यातायात बन्द रहेका छन् ।

लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङ्देनले मधेसी मोर्चासँग गठबन्धन गरी आन्दोलनमा मिलेमतो गरेको आरोपमा असन्तुष्ट पक्षले बन्द आहृवान गरेको हो । बन्दको क्रममामा हिजो चक्काजामको आहृवान गर्दै हिँड्ने संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय सचिवसहित पाँचजनालाई प्रहरीले झापाको विर्तामोडबाट पक्राउ गरेको छ ।

पक्राउपर्नेमा संघीय लिम्बुवान पार्टी नेपालका सचिव विषम थापामगरसहित सोही पार्टीका मङ्गल राई, अर्जुन तामाङ, उपेन्  एक्तेन र मोहमद हिमरोज रहेका छन् ।

 

प्रकाशित मिति: २८ मंसिर २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्