अदालतबाटै फरार भएका अभियुक्तलाई गोली हानी समातियो


 


धनगढी फागुन १
कैलाली जिल्ला अदालत परिसरबाटै हत्कडीसहित फरार अभियुक्त दिल्प दमाईलाई प्रहरीले गोली प्रहार गरी आज पक्राउ गरेको छ । बलात्कारको अभियोगमा गत सोमबार पक्राउ परेका लम्कीचुहा नगरपालिकाका २३ वर्षका दमाईलाई म्याद थपका लागि जिल्ला अदालत ल्याइएको बेला हत्कडीसहित फरार भएका थिए ।

उनलाई कैलालीको बेली जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख आभुषण तिमिल्सेनाले जानकारी दिए । दमाईको खुट्टामा गोली लागेको छ । उनलाई उपचारका लागि सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।

प्रकाशित मिति: १ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्