नेपालको सीमाभित्र सुनचाँदीका गहना होस् वा साना झोला केही हराउँदैन : प्रधानमन्त्री


 


काठमाण्डौ फागुन १
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको परिचय विकसित र आधुनिक देशको रुपमा चिनाउने गरी काम गर्नुपर्ने जरुरी रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले देशलाई विद्वानहरुको देश बनाउँदै आधुनिक र विकसित देश बनाएर पहिचान बदल्ने गरी काम गर्न सरकार लागिपरेको पनि बताउनुभयो ।

नेपाललाई दुनियाँको सूसभ्य, नैतिकवान, शान्त देश बनाउने गरी सरकारले अनेक प्रयास अघि बढाएको प्रधानमन्त्री ओलीले दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको सीमानाभित्र छिरेपछि ढुक्कको श्वास फेर्ने गरी शान्ति सुरक्षाको सु–व्यवस्था कायम गर्ने सन्दर्भमा काम भइरहेको बताउनुभयो ।

नेपालकाे सुरक्षा व्यवस्था चुस्त भैरहेकाे बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयाे ‘नेपालको सीमानाभित्र पसियो, अब सुरक्षाको चिन्ता गर्नु पर्दैन, सुनचाँदीका गहना होस् वा साना झोला नै किन नहोस् कुनै पनि सामान हराउने चिन्ता अब रहँदैन’, ओलीले भन्नुभयो, ‘यो नेपाल हो नेपालमा सानोभन्दा सानो सामान होस् वा जिउ ज्यान सबैको सुरक्षाको प्रत्याभूत छ भन्ने सन्देश फैलाउन त्यस्तै काम गर्नु जरुरी छ ।’

प्रकाशित मिति: १ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्