आज अपराह्न ४ बजे प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्वोधन गर्ने


 


काठमाडौ फागुन २
प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्वोधन गर्नुहुने भएको छ । सरकार गठन भएको एकवर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले सिहदरवारबाट अपरान्ह सम्वोधन गर्न लाग्नु भएको हो ।उहाले सम्वोधनका क्रममा सरकारले अहिलेसम्म गरेका काम, आगामी दिनका लक्ष्य लगायतका विषयमा जानकारी गराउनु हुने भएको छ ।

साथै उहाले यसविचमा देखिएका समस्याका विषयमा पनि सम्वोधन गर्ने बताइएको छ । आज  अपराह्न ४ बजे सिंहदरबारस्थित ग्यालरी बैठक अगाडिबाट सम्बोधनको कार्यक्रम राखिएको मुख्य सचिव लोकदर्शन रेग्मीले जानकारी दिनुभएको छ ।

नेकपा संसदीय दलका नेता ओली गत वर्ष फागुन ३ गते प्रधानमन्त्री नियुक्त हुनु भएको थियो । मंसिरमा निर्वाचन भएर बहुमत ल्याएपनि नेपाली कांग्रेस नेतृत्व सरकारले विभिन्न कारण देखाउदै फागुनमा मात्र सरकार छाडेको थियो । २०७४ फागुन २४ गते ओलीले संसदबाट दुई तिहाईको विश्वासको मत जित्नु भएको थियो ।

प्रकाशित मिति: १ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्