कमल थापाको प्रश्न- जनयुद्धबाट जनताले के पाए ?


 


काठमाडौं फागुन १

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनयुद्धका विषयमा गम्भीर प्रश्न उठाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले तत्कालीन माओवादीले शुरु गरेको शसस्त्र युद्धबाट देश र जनताले के पायो भन्ने भन्दै तिखो टिप्पणी गरेका छन् ।

उनले जनयुद्धका कारण हिन्दुराष्ट्रको पहिचान समाप्त पारेको, राजसंस्था पाखा लगाएको र संघीयता लादेको भन्दै आलोचना गरेका छन् । माओवादीले गरेको गल्तीका कारण देशले भोग्नु गरेको समस्याबाट मुलुकलाई छुटकारा दिनु पर्ने उनको भनाइ छ ।

उनले ट्विट गर्दै भनेका छन्- ,‘‘२३ वर्षअघि माओवादीले राज्यविरुद्ध हिंसा र आतंकको जगमा शुरु गरेको सशस्त्र युद्धको क्रममा १७००० मार्ने र मराउने काम भयो । अर्बौँको सम्पत्ति नष्ट भए । हिन्दुराष्ट्रको पहिचान समाप्त पारियो । राजसंस्था पाखा लगाईयो । संघीयता लादियो । आखिर देश र जनताले के पायो ? अब विगतका त्रुटि सच्याएर अघि बढ्ने बेला भएन र ?’’

प्रकाशित मिति: १ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्